arrow

जसका जति सांसद खाली छन् त्यति नै सिट पाउने गठबन्धनको सहमति, एमालेका सिटमा भागबण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
gathabandhan baithak.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या भागबण्डा लगाएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबण्डा लगाएका हुन् ।

आगामी २० फागुनदेखि खाली हुने राष्ट्रिय सभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । 

त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबण्डा गरिएको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका १९ सांसद बिदा हुँदैछन् ।

एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको छ ।

एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् । 



नयाँ