arrow

पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’का रुपमा मनाउन विवेकशीलको माग

नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
Bibeksheel Sajha Party Office-final.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रुपमा मनाउन आब्हान गरेको छ ।

पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गर्दै संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरे पनि नेपालमा निश्चित राष्ट्रिय दिवस नभएकाले उक्त दिनलाई ‘नेपाल दिवस’ मनाउनुपर्ने माग गरिएको हो ।

साथै विवेकशीलले राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक भएको पनि जनाएको छ । त्यस्तै नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिन पनि माग गरेको छ ।

‘संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन । उनको  दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ। राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्‍याउँछौ।

अनावश्यक रूपमा अनेकौ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो। त्यसैगरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ पनि शुरु गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ