arrow

स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
syabrubesi.JPG.jpeg

रसुवा । सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाईंकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज बिहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्ग अवरुद्ध भएपछि मालवाहक कन्टेनर बाटोमा नै रोकिएका छन् । 

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीय स्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिए । 

यसका लागि तीन वटै सुरक्षा निकाय परिचालन गरिएको उनले बताए । पहिरा स्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ