- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालय पोखरामा पुगेर नेपाली कांग्रेसकी नेतृ कमला पन्तले उम्मेदवारी दर्ता गराइन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट सुरेश कुमार आले मगर र भुवन सुनारले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल, लीला पोखरेल थनेत र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गराएका छन् ।
गण्डकीमा सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।
गण्डकीमा एक स्वतन्त्रसहित ५९ जना प्रदेश सभा सदस्य र ८५ स्थानीय तहका जनप्रतिनिधि १ सय ७० जना गरी २२९ जनाले मतदान गर्नेछन् ।
प्रदेशमा २२९ जना मतदातामध्ये सबैभन्दा ठूलो दल सत्तारुढ नेपाली कांग्रेसको ८२ जना स्थानीय तहका जनप्रतिनिधि र १५ जना प्रदेशसभा सांसद गरी ९७ जना रहेका छन् ।
यसैगरी सत्ता साझेदार नेकपा माओवादी केन्द्रको १२ जना स्थानीय तहका जनप्रतिनिधि र १२ जना प्रदेशसभा सदस्य गरी २४ जना मतदाता छन् । यस्तै, सत्ता साझेदार अन्य दलहरु जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका गरी ११ जना छन् ।
यसैगरी गण्डकीको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ६८ जना स्थानीय तहका जनप्रतिनिधि र २७ जना प्रदेशसभा सदस्य गरि ९५ जना मतदाता छन् ।
गण्डकीमा मतभारको अंकगणित हेर्दा सत्ता गठवन्धन दलहरुसंग ३ हजार ४ सय ४४ र प्रतिपक्षी दल एमालेसंग २ हजार ६ सय २० जना मतदाता रहेका छन् ।