arrow

कन्जुस धनाढ्य

logo
बुद्ध,
प्रकाशित २०७८ पुष २० मंगलबार
Buddha.advice2_.jpg

एउटा शहरमा बिलाल्पादक नामका धनाढ्य बस्थे । उनी धेरै स्वार्थी थिए र सदाचारका कार्यहरूबाट टाढा रहन्थे। उनका एक छिमेकी गरिब तर परोपकारी थिए। एक पटक एक छिमेकीले भगवान् बुद्ध र उनका चेलाहरूलाई खानाको लागि आफ्नो घरमा बोलाए। 

छिमेकीले यो महान् अवसरमा धेरै भन्दा धेरै मानिसहरूलाई खानाको लागि बोलाउनुपर्छ भन्ने विचार गरे। यस्तो सङ्कल्पका साथ छिमेकीले ठुलो भोजको तयारी गर्न शहरका सबै मानिसहरूबाट दानको अपेक्षा गरे र भोजमा आमन्त्रित गरे। छिमेकीले बिलाल्पादकलाई पनि निम्ता दिए ।

भोजको एक दुई दिन अघि, छिमेकी वरिपरि गएर चन्दा सङ्कलन गरे। जसको जति सामर्थ्य थियो यसले त्यति दान दिए । बिलाल्पादकले छिमेकीलाई घर-घरमा चन्दा माग्न गएको देखेपछि मनमनै सोचे– 'यस मानिसले आफैलाई खुवाउन सकिँदैन, तर पनि यति ठुलो भिक्षु र नागरिकलाई खानाको लागि बोलाएको छ ! अहिले घरदैलोमा पुगेर भिक्षा माग्नु परिरहेको छ । ऊ मेरो घरमा पनि याचना गर्न आउँछ होला ।'

जब छिमेकी बिलाल्पादकको ढोकामा दान माग्न पुगे, बिलाल्पादकले उनलाई थोरै नुन, मह र घिउ दिए। छिमेकीले प्रसन्नतापूर्वक बिलाल्पादकको चन्दा स्विकारे तर अरूको चन्दामा नमिसाएर अलगै राखे । 

आफ्नो दानलाई अरूभन्दा अलग राखेको देखेर बिलाल्पादकका निकै छक्क परे । यस्तो धनी व्यक्तिले कति तुच्छ परोपकार गरेको छ भनी सबैले देखुन् भनेर उसलाई छिमेकीले सबै मानिसहरूको अगाडि लज्जित पार्न यो गरेको जस्तो लाग्यो।

बिलाल्पादकले आफ्नो नोकरलाई छिमेकीको घरमा गएर थाहा पाउन भने। नोकरले फर्केर बिलाल्पादकलाई भने कि छिमेकीले बिलाल्पादकको चन्दा सामाग्री बिस्तारै लिएर चामल, तरकारी, खीर आदिमा मिसाए। यो जानेर पनि बिलाल्पादकको जिज्ञासालाई निरुत्साहित गर्न सकेन र उनले छिमेकीको नियतमाथि शङ्का गरे। 

भोजको दिन प्रातः  आफ्नो वस्त्र भित्र एक चक्कु लुकाएर लिएर गए ताकी  छिमेकीबाट लज्जित हुन  परेको खण्डमा उसलाई मार्न सकियोस् ।

त्यहाँ पुगेपछि  उनले छिमेकीले भगवान् बुद्धलाई भनेको सुने–'भगवान्, यो भोजको लागि जति पैसा जम्मा भएको छ, मैले शहरका सबै बासिन्दाहरूबाट चन्दा लिएको छु। थोरै भए पनि सबैले पूर्ण भक्ति र उदारताका साथ दान गरेका छन्, त्यसैले सबैको दानको मूल्य समान छ।'

छिमेकीको यो कुरा सुनेर बिलाल्पादकले आफ्नो विचारको तुच्छता महसुस गरे र आफ्नो गल्तीको लागि छिमेकीसँग माफी मागे।

बिलाल्पादकको पश्चात्तापको वचन सुनेर बुद्धले उपस्थित सबैलाई भन्नुभयो- 'तिमि द्वारा गरिएको शुभ कर्म सानै भए पनि  त्यसलाई तुच्छ नठान । सानो-सानो शुभ कर्म एकत्र भएर भविष्यमा विशाल रूप धारण गर्दछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ