सत्तारुढका सांसदहरुले गरे राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
1k
Shares
काठमाडौं । सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो ।
प्रस्तावको समर्थकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर र जसपाकी प्रमिला कुमारी रहेकी छन् ।