arrow

आगलागीमा तीन घर जले, आईएमईको कार्यालयसहित आधा दर्जन बढी पसल पनि परे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
fire-final_1618024271.jpeg

पाँचथर । फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट शुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । 

आगलागीमा तीन घरमा रहेको आईएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो ।

बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो । विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ