arrow

आगलागी पीडित परिवारलाई ८ लाख बढीको सहयोग 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ पुष २५ आइतबार
aaglagi-pidit.PNG

मुगु । मुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिवार हस्तान्तरण गरिएको हो । 

गत कात्तिक २९ गते राती सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी  सामान गरी रु ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा बस्दै आएका छन् ।

सहयोग हस्तान्तरण गर्न पीडित परिवार बसेको पालमै पुगेका ददिराम कुमाईं, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा ८३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।

छायानाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र  खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गरे ।

दावाछिरिङ लामाबाट रु २० हजार, दावाछिरिङ जिग्मे तोर्चे लामाबाट रु २० हजार, खारीगाउँका १३ घरबाट रु २७ हजार, मनमान बुढाबाट रु २० हजार बराबरको बत्ती सहयोग प्रदान गरेका थिए । यसै गरी एनसिएनएफ, एनसिएफ नेपालको रु आठ लाख बराबरको कम्बल, चामल र म्याट सहयोग गरेका समाजसेवी रजनी भामले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ