arrow
ADVERTISEMENT

नवलपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Accident-sign.jpg

नवलपुर । नवलपुरमा मंगलबार राति सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. १ , ठुटीपिपलका २० बर्षीय राहुल बासथोर रहेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ शिवपुरमा गएराति मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १२ प ६३४४ नं मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । 

सो दुर्घटनाबाट गम्भीर घाईते भएका राहुलको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

मोटरसाइकलमा पछाडी सवार रहेका रुपन्देहीको भैरहवा-१३ बस्ने ३३ बर्षीय लालजीवन बासथोर घाइते भएका छन् ।

उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ