arrow

कालापत्थरमा आर्ट ग्यालरी खोल्न आरोहीको माग

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1773995329.jpeg
काठमाडौं । साउथ अमेरिकाकाको सर्बोच्च शिखरमा रहेको ४३०० मिटरमा अबस्थित संसारकै अग्लो ठाउमा गिनिज वर्ल्ड रेकड राख्न सफल आर्ट ग्यालरी नेपालको कालापथर(५४००मिटर) मा स्थापना गर्न शनिवार  पर्यटन मन्त्रि आनन्दप्रसाद पोखरेल सामु आरोहीहरुले माग गरेका छन ।

बिश्व पर्वतारोही संजय पण्डितको नेतृत्वमा गएको टोलीमा सगरमाथा आरोही चिरींग शेर्पा ,सास्कृतिक संग्राहलयका सदस्य बसन्त कुमार कार्की लगाएतको सहभागिता रहेको थियो टोलीले हरेक वर्ष सगरमाथा आरोहण दल तथा ८ हजार मिटरका हिमालमा जम्मा ५ प्रतिसत सगरमाथा आरोही सम्पर्क अधिकृत रुपमा पठाइने गरेकोमा अब देखि यस्लाई ५० प्रतिशतमा पुर्याउन मन्त्रीसँग माग गरे ।

त्यसै गरेर सगरमाथा आरोहणमा ज्यान गुमाएका परिवारहरुलाई सरकारले उचित ढंगले नहेरेको प्रति पनि सचेत गराएका छन् । उनीहरुले लुक्ला देखि कालापथरको बिचमा केबुलकारकार निर्माण गर्न सके हरेक बर्ष नेपालमा ५० लाख अन्तरिक तथा बा्हय पर्यटक भित्रन सक्ने कुराको पनि जानकारी दिए । यस्को लागि सरकारले आगामी बजेटमा राष्ट्रिय गौरबका आयोजनामा राख्न आरोहीहरुले सल्लाह दिएका छन् ।

आरोहीहरुले मन्त्रीसहित ,पर्यटन सचिब दिनेश थपलिया ,पर्यटन विभागका डीजी गोबिन्द कार्की लगाएतलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । कार्यकमलाई संयोजन गरिरहेका संजय पण्डितले भने ‘अब दोस्रो चरणको कार्यकममा छौ हेरौ यो हाम्रो पहिलो चरण  कार्यकमको कार्यान्वयन कसरी अगाडि जान्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ