तनहुँ बन्दीपुरको हटियामा जीप पल्टियो, चार जनाको घटनास्थलमै मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
614
Shares
फाइल तस्वीर
तनहुँ ।तनहुँको बन्दीपुर धरमपानीमा जीप दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । राति ८ बजेतिर भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
जीप बन्दीपुरको हटिया भन्ने स्थानबाट करिब दुई सय मिटर तल खसेको स्थानीयले बताएका छन् । घटनास्थलबाट नौ जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।