- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक पटक धर्म प्रचार गर्न वैशालीबाट बाहिर निस्किँदै गर्दा गौतम बुद्धले केही सिपाहीहरू दौडिरहेकी बालिकालाई लखेटेको देखे । ती डराएकी बालिका गएर एउटा इनारको छेउमा उभिई। उनी थाकेकी र तिर्खाएकी थिइन् ।
बुद्धले बालिकालाई आफू भएको ठाउँमा बोलाए । उनले आफ्नो लागि इनारबाट पानी निकालेर आफै पिउन र उनीहरूलाई पनि पिलाउन भने । त्यति बेला सिपाहीहरू पनि त्यहाँ पुगे ।
बुद्धले हातको इशारामा सिपाहीहरूलाई रोक्न भने। उनको कुरा सुनेर बालिकाले सास फेर्दै भनिन्, ‘महाराज ! म अछूत बालिका हुँ। यदि मैले इनारबाट पानी निकालेँ भने, पानी दूषित हुनेछ।'
बुद्धले फेरि उनलाई भने, 'छोरी, मलाई धेरै तिर्खा लागेको छ, पहिले तिमी पानी पिलाऊ।'
यसैबिच वैशाली राजा पनि त्यहाँ पुगे । उनले बुद्धलाई प्रणाम गरे र सुनको भाँडोमा केवडा र गुलाब जलको सुगन्धसहित जल अर्पण गरे। बुद्धले लिन मानेनन् ।
बुद्धले फेरि बालिकासँग आफ्नो कुरा राखे। यसपटक बालिकाले हिम्मत जुटाएर इनारबाट पानी निकालेर आफैँ पिइन् र गौतम बुद्धलाई पनि पिलाइन् । पानी पिएपछि बुद्धले बालिकालाई डराउनुको कारण सोधे ।
युवतीले संयोगवश राजाको दरबारमा गीत गाउने मौका पाएको बताइन् । 'राजाले मेरो गीत सुनेर आफ्नो गलाको माला पुरस्कार दिए । तर कसैले म अछूत बालिका हुँ भनी भनिदिए । यो थाहा पाएर उनले आफ्ना सिपाहीहरूलाई मलाई जेलमा हाल्न आदेश दिए। म उनीहरूबाट जोगिएर यहाँसम्म आइपुगेको थिएँ ।'
त्यसमाथि बुद्धले भने– सुन राजन ! यो बालिका अछूत होइन, तिमी अछूत हौ। जुन बालिकाको मधुर कण्ठबाट निस्किएको सुमधुर गीतको आनन्द उठायौ, पुरस्कार दियौ, उ अछूत हुन सक्दिन । गौतम बुद्धको अगाडि ती राजा लज्जित बनिरहे।