arrow

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि  एपीएफ र पुलिस भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
pm-cup-apf-police-2022.jpg

काठमाडौं । पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल केही बेरमै हुँदैछ । उपाधिका लागि विभागीय टोलीहरु एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्देछन् । 

खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान १० बजेदेखि शुरु हुनेछ । राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुवैटोली बलिया छन् । दुवै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ । सेमिफाइनलकै तुलनामा हेर्ने हो भने आज ठूलो स्कोर बन्न सक्छ । 

सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी  त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । 

१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।

तर आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागीता जनाउने भएपछि त्यसैको तयारी स्वरुप यो प्रतियोगिता टी–२० फर्म्याटमा आयोजना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ