arrow

[अपडेट] प्रधानमन्त्री कप क्रिकेट फाइनल खेल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
pm-cup-final-1.jpg

काठमाडौं । पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लबले एक सय ५८ रनको चुनौती पछ्याइरहेको छ । उपाधिका लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विभागीय टोलीहरु एपीएफ क्लब र नेपाल पुलिस क्लब खेलिरहेका हुन् ।  

खेलमा टस हारेर एपीएफले पहिले ब्याटिङ गर्यो । एपीएफले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर एक सय ५७ रन बनायो । अमर राउटेलाले सर्वाधिक २९ रन बनाएको इनिङ्समा सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । 

पुलिसको इनिङ्स–
पुलिसले पहिलो बलमै विकेट गुमायो । ओपनर पवन सर्राफ किशोर महतोको बलमा डकआउट भए । 

पुलिसले २.५ ओभर खेल्दा दोस्रो विकेट गुमायो । अमित श्रेष्ठ ८ बलमा ३ रन बनाएर आउट भए । किशोर महतोले आउट गरे । महतोको यो दोस्रो विकेट हो । 

४.५ ओभरमा २६ रन बनाउँदा पुलिसले तेस्रो विकेट गुमायो । अनिल साहले १५ बलमा १० रन बनाए । अमर राउटेलाले विकेट लिए । 

पुलिसले १० ओभरमा ६३ रन बनाउँदा चौथो विकेट गुमायो । आरिफ शेख ११ बलमा १२ रन बनाएर रनआउट भए । 

यस्तो रह्यो एपीएफको इनिङ्स–
एपीएफले १२ रन जोड्दा पहिलो विकेट गुमायो । आरिफ शेख ५ बलमा ९ रन बनाएर आउट भए । उनलाई गुल्सन झाले आउट गरे । 

४३ रन बनाउँदा एपीएफले दोस्रो विकेट गुमायो । ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरी ५ बलमा ७ रन बनाएर आउट भएका छन् । उनलाई सागर ढकालले बोल्डआउट गरे । 

एपीएफले ४.१ ओभर खेल्दा ३ विकेटको क्षतिमा ४३ रन बनायो । लोकेश बम तेस्रो विकेटका रुपमा १५ बलमा २७ रन बनाएर आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरे ।  

६ ओभरमा ६१ रन जोड्दा एपीएफले चौथो विकेट गुमायो । दीपक बोहरा ५ बलमा ६ रन बनाएर आउट भए । उनलाई सागर ढकालले आउट गरे । ढकालले दोस्रो विकेट लिए । 

६.२ ओभरमा ६२ रन जोड्दा एपीएफले पाँचौं विकेट गुमायो । पुरन वीके डकआउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरे । यो ऐरीको दोस्रो विकेट हो । 

१०.४ ओभर खेल्दा एपीएफले छैटौं विकेट गुमायो । सन्दीप जोरा २० बलमा २४ रन बनाएर आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका छन् । ऐरीले तेस्रो विकेट लिए । 

१४.३ ओभरमा एपीएफले सातौं विकेट गुमायो । कप्तान शरद भेषावकर २५ बलमा १९ रन बनाएर आउट भए । उनलाई आरिफ शेखले एलबीडब्लु आउट गरे । 

१८ ओभर खेल्दा एपीएफले आठौं विकेट गुमायो । भुवन कार्की २२ बलमा १७ रन बनाएर आउट भए । उनलाई योगेन्द्र सिंह कार्कीले आउट गरे । 

१८.५ ओभरमा एपीएफले नवौं विकेट गुमायो । अमर राउटेला १५ बलमा २९ रन बनाएर आउट भए । उनलाई गुल्शन झाले आउट गरे । झाको यो दोस्रो विकेट हो ।

१९.५ ओभरमा एपीएफले दशौं विकेट गुमायो । किशोर महतो ७ बलमा ८ रन बनाएर आउट भए । उनलाई सागर ढकालले आउट गरे । उनको यो तेस्रो विकेट हो । 

अविनाश बोहरा २ बलमा १ रन बनाएर नटआउट रहे । 

विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ जित्नेछ । 

राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुवै टोली बलिया छन् । दुवै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ । सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी  त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । 

यसअघि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को सहयोगमा नेपाल क्रिकेट संघ ९क्यान० ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो । यसपालि १० टोलीबीच प्रतिस्पर्धा भएको हो । 

तर आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागीता जनाउने भएपछि त्यसैको तयारी स्वरुप यो प्रतियोगिता टी–२० फर्म्याटमा आयोजना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ