arrow

शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
shakti-gauchan.jpg
तस्बिर– फाइल

काठमाडौं । व्यवसायीसमेत रहेका हरिबहादुर थापा रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् । आफ्नो निकटतम प्रतिद्वन्दी नेपाल क्रिकेट टोलीका पूर्वसदस्यसमेत रहेका शक्ति गौचनलाई २४ मतले पछि पार्दै नेपाल क्रिकेट संघ (क्यान) निकट रहेका थापा विजयी भएका हुन् । 

हरिले ६४ मत पाए भने शक्तिले ४० मत पाएका थिए । शक्ति पूर्वखेलाडीको रुपमा अध्यक्ष पदमा लडेका थिए । यस्तै उपाध्यक्ष पदमा धिरज अधिकारी क्षेत्री, सचिवमा सञ्जय गुरुङ र कोषाध्यक्षमा निरज प्रताप खाँड निर्वाचित भए । 

सदस्यहरुमा महिलातर्फ उमा अधिकारी निर्विरोध भइन् । भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदयकुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ