- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुशील नामका एक ब्राह्मण थिए। उनका दुई छोरा थिए । जेठीको नाम सुवृत्त र कान्छाको नाम वृत्त थियो । दुवै जवान थिए। दुवै गुण सम्पन्न तथा विद्यामा विशारद थिए । घुमफिर गर्दै एक दिन दुबै जना प्रयाग पुगे । त्यो दिन श्रीकृष्ण जन्माष्टमी थियो । त्यसैले श्रीबेणीमाधवजीको मन्दिरमा ठुलो पर्व लाग्थ्यो। दुवै जना पनि महोत्सव हेर्न निस्किए । बाटोमा निस्किएसँगै धेरै ठुलो पानी पर्यो, त्यसैले दुवै दाजुभाइले बाटो बिर्से । उनीहरूलाई निश्चित ठाउँमा पुग्न गाह्रो भयो । त्यसैले एक वेश्याको घर पुगे, अर्को माधवजीको मन्दिरमा पुगे ।
सुवृत्त चाहन्थे वृत्त पनि वेश्या रहेको घरमा बसुन् तर वृत्तले मानेनन् । उनी माधवजीको मन्दिरमा पुगे, तर त्यहाँ पुगेपछि उनको संस्कार परिवर्तन भयो र उनलाई पश्चात्ताप भयो। मन्दिरमा हुँदा पनि उनी सुवृत्त र वेश्याको ध्यानमा डुबेका थिए । त्यहाँ भगवान्को आराधना हुन्थ्यो । वृत्त अगाडि उभिएर हेरिरहेको थिए तर वेश्याको ध्यानमा यति तल्लीन भए कि त्यहाँ पूजा, कथा, नमस्कार, स्तुति, माला, गीत, नृत्य पनि सुनेनन् देखेनन् । उनी तस्बिरजस्तै उभिइरहेका थिए निर्जीव ।
यता वेश्यालयमा गएका सुवृत्तको अवस्था अनौठो थियो । उनी पश्चात्तापको आगोमा जलिरहेको थिए। उनले सोचे- 'ओहो! आज जन्माष्टमीको रातमा प्रयागमा भगवान् माधवको दर्शन गर्ने भाइ वृत्तमा हजारौँ जन्मको पुण्यको उदय भएको छ । ओह! यस अवसरमा उनले भगवान्लाई अर्घ्य दिनेछन् । अब उनी पूजा–आरतीका दर्शन गर्नेछन् । अब त्यहाँ नाम र कथा हुनेछ कीर्तनादी। निस्सन्देह, आज उनको आँखा, कान, टाउको, जिब्रो र अन्य सबै अङ्गहरू सफल भए। मलाई त बारम्बार धिक्कार छ जो म यस पापमन्दिर-वेश्याको घरमा परे। मेरा आँखा मयूरका पखेटा जस्तै छन्, जसले आज भगवान्लाई देख्न सकेनन्। आज, सङ्घ-समागम बिना एक पल, मलाई यहाँ युगहरू भन्दा लामो महसुस भएको छ । हेर, आज मेरो दुष्ट आत्माबाट कति धेरै जन्मका पापहरू उत्पन्न भएका छन् कि प्रयागजस्तै मोक्ष पुरी आएर पनि म दुष्टसंगतमा फसेको छु।
यस्तै सोच्दै दुवैको रात बित्यो । बिहान उठेर दुबै जना एक अर्कालाई भेट्न गए । उनीहरू नजिक पुगेसँगै चट्याङ पर्यो र उनीहरू दुवैको तत्कालै मृत्यु भयो । तुरुन्तै त्यहाँ तीन यमदूत र भगवान् विष्णुका दुई दूत उपस्थित भए । यमदूतहरूले वृत्तलाई समाते र विष्णु दूतहरूले सुवृत्तलाई साथमा लिए। उनीहरू हिँड्न तयार हुने बित्तिकै सुवृत्त आत्तिएर भने– ‘ कस्तो अन्याय गर्दै हुनुहुन्छ ? काल अघि हामी दुबै समान थियौ । तर आज राती म वेश्यालयमा बसेको छु र मेरो भाइ माधवजीको मन्दिरमा बसेर ठुलो पुण्य आर्जन गरेको छ । अतएव भगवान्को परमधाम जानेको उ नै अधिकारी हुन सक्छ।'
अब भगवान्का दुवै पार्षदहरु हाँसे । उनीहरूले भने– ‘हामीले गल्ती वा अन्याय गर्दैनौँ । हेर, धर्मको रहस्य अति सूक्ष्म र अनौठो छ। मनको शुद्धि नै सबै धार्मिक कार्यको मूल कारण हो। मनले गरेको पाप पनि दुःखदायी हुन्छ र मनले गरेको धर्म सुखदायी हुन्छ । आज तिमी रातभर शुभ चिन्तनमा लागेका छौ, त्यसैले तिमीलाई परमात्माको राज्य प्राप्त भएको छ। यसको उल्टो उनी रातभर अशुभ चिन्तन डुबे। त्यसैले सधैँ धर्मको चिन्तन गर्नुपर्छ र पूर्ण भक्तिपूर्वक धार्मिक अनुष्ठान गर्नुपर्छ।'
वास्तवमा जहाँ मन हुन्छ, त्यहाँ मानिस हुन्छ। मन वेश्यालयमा छ भने मानिस मन्दिरमा भए पनि वेश्यालयमा नै हुन्छ र यदि मन परमात्मामा छ भने जहाँ भए पनि परमात्मामा नै हुन्छ। सुवृत्तले भने– ‘तर जे होस्, यो भाइबिना मलाई भगवद्धाममा जाने इच्छा छैन । तसर्थ, कृपया यसलाई यमपाशबाट मुक्त गर्नुहोस्।
विष्णु दूतले भने- 'सुवृत्त ! यदि तिमीलाई उसप्रति दया छ भने, आफ्नो पूर्व जन्मको मानसिक माघ स्नानबाट जो पुण्य बचेको छ त्यसलाई वृत्तलाई दिए, उ पनि पनि तिमिसँग विष्णु लोकमा जान सक्छ। सुवृत्तले तुरुन्तै त्यसै गरे र फल स्वरूप वृत्त पनि भाइसँगै हरिधाम गए । (वायु पुराण)