arrow

बालकलाई बचाउन पार्वतीले तपस्याको सबै पूण्य दिइन गोहीलाई

logo
पुराण,
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
mata-parvati.png

काठमाडौं। पर्वतराज हिमालयकी पुत्री पार्वती भगवान् शंकरलाई पतिरूपमा पाउनको लागि कठिन तपस्या गरिरहेकी थिइन्। तपस्याको अन्तमा ब्रह्माजीले भगवान् शिव पतिरूपमा प्राप्त हुनेछन् भनि उनलाई आश्वासन दिएका थिए। एक दिन माता पार्वती भगवान् शंकरको चिन्तन गरिरहेकी थिइन् सोहि समय उनले पानीमा डूब्दै गरेको बालकको करुण-पुकार सनिन्, जसलाई एक गोहीले तानिरहेको थियो ।

गोही बालकलाई खानलाई तान्दैथियो, तब बालकको क्रन्दन अझ बढ्दै थियो। पार्वती कुदेर त्यहाँ पुगिन् । सो बालक गोहीको मुखमा परेर थरथर कापि रहेको थियो । पार्वतीले गोहीलाई प्रार्थना गरिन् -'ग्राहराज! म तपाईलाई नमस्कार गर्छु । तपाई यस बालकलाई छोडिदिनुहोस।'

गोहीले भने -'विधाताले मेरो आहारको लागि छैटौं दिनमा जो तिम्रो सामु आउछ, उसलाई तिमि खानु भनि नियम बनाएका छन् । आज विधाताले यसलाई मेरो सामु पठाएका छन् । म यसलाई कुनै प्रकारले छोडन सक्दिन ।'

उमाले भनिन्-'गोहीराज! यस बालकलाई छोडिदेउ। यसको बदलामा म तिमिलाई आफ्नो तपस्याको पुण्य दिन्छु।' यो सुनेर गोही केहि शान्त भए । उनले भन्यो -'ठीक, यदि तिमि आफ्नो सम्पूर्ण तपस्याको पुण्य दिन्छौ भने म छोड दिन्छु ।'

करुणामयी माताले तुरुन्त संकल्प गरेर आफ्नो तपस्या गोहीलाई दान दिइन्। तपस्याको फल पाएर गोही मध्यान्हको सूर्य जस्तै चम्किन थाल्यो । उसले भन्यो -'देवी! तिमि आफ्नो तपस्या फिर्ता लग। म तिमिले भनेकै आधारमा यस बालकलाई छोडिदिन्छु' तर पार्वतीले उसको कुरा अस्विकार गर्दै तपस्याको पुण्य फिर्ता लिइनन्।

गोहीराजले देवीको धेरै प्रशंसा गर्दै बच्चालाई छोड दिए। बालकले आँसुले भरिएको आखाले देवीलाई हेर्दै आफ्नो कृतज्ञता प्रकट गरे। देवीले बालकलाई सप्रेम सबल बनाइन्। बालकलाई बचाएर उमा निकै संतुष्ट थिइन्।

आश्रममा आएर उनि पुनः तपस्याको उपक्रम गर्न थालिन्, तब भगवान् शंकर प्रकट हुनुभयो र भन्नुभयो-'कल्याणी! अब तिमिले तपस्या गर्न आवश्यकता छैन। तिमिले त्यो तपस्या मलाई नै अर्पित गर्‍यौ । त्यो तपस्या अनन्तगुना भएर तिम्रो लागि अक्षय बनेको छ ।' (ब्रह्मपुराण)

जिज्ञासु र मुमुक्षुको प्रतीक पार्वतीदेवी
 पार्वती माता भगवान शिवकी अर्धांगिनी हन्, तथापि शिवजीबाट रहस्यमय ज्ञान प्राप्त गर्ने समय पार्वतीको भूमिका कुनै जिज्ञासु समान प्रतीत हुन्थ्यो । तीव्र जिज्ञासावश उनलाई भोख-प्यास र निद्राको बारे भान पनि हुँदैन थियो । ज्ञानप्राप्तिको लालसामा उनले भगवान शिवलाई अनेक प्रश्नहरु सोध्थिइन् । 

त्यसकारण पुराणमा शिव-पार्वती बीचको वार्तालाप अथवा उनहरु बीच संभाषणको उलेख छ । पार्वती स्वयं आदिशक्ति हुन्; तर गुरुसमान शिवजीबाट ज्ञानार्जन गर्नको लागि जिज्ञासु र मुमुक्षुको साक्षात स्वरूप बनिन् । त्यसैले भगवान शिवले पार्वती देवीलाई तन्त्रशास्त्रको गूढ ज्ञान प्रदान गरे ।

कठोर तपस्या गर्ने पार्वती महान तपस्विनी हुनुको कारण उनलाई अपर्णा र ब्रह्मचारिणीको नामबाट सम्बोधित गरिन्छ । ऋषिमुनि जुन प्रकार कठोर तपस्या गरि ईश्वरलाई प्रसन्न तुल्याएझैं, त्यस्तै कठोर तपस्या पार्वती माताले शंकरजीलाई प्रसन्न गर्नको लागि गरेकी थिइन् । पार्वती हिमालयन राजाको छोरी र राजकुमारी थिइन् । उनी सुन्दर र सुकोमल थिइन् । उनको भगवान शिवलाई प्रसन्न गर्ने दृढ निश्चय थियो । त्यसैले उनले देहको चिन्ता नगरि हिउँले ढाकेको प्रान्तमा विशिष्ट मुद्रा धारण गर्नुभई दीर्घ कालसम्म तपस्या गरिन् ।

उनको तपस्या यति उग्र थियो कि त्यसबाट उत्पन्न ज्वालाहरु सम्पूर्ण ब्रह्माण्डमा फैलिरहेको थियो अनि स्वर्गमा अधिकार प्राप्त गरेको तारकासुरलाई पनि भयभीत तुल्याउने थियो । पार्वतीलाई मार्न नजिक आएका तारकासुरको सैनिकहरुलाई शक्ति सहन भएन तथा उनीहरु भस्मसात भए । नवदुर्गामा ब्रह्मचारिणीको रूप हातमा जपमाला लिएर तापसी वेश धारण गरिएको तपस्यारत पार्वतीको नै प्रतीक हो । पार्वतीलाई अपर्णा र ब्रह्मचारिणीको नामबाट पनि सम्बोधित गरिन्छ ।

दुर्गमासुर र महिषासुर दैत्यको संहार
सदैव तपस्वी जीवन व्यतीत गर्ने र सौम्य रूप धारण गर्नुहुने पार्वतीदेवी आवश्यकतानुसार देवता अनि ब्रह्माण्डलाई आसुरी शक्तिको कष्टबाट सुरक्षित गर्नको लागि उग्र रूप धारण गरिन् । यस्ता धेरै उदाहरणहरु पुराण भेटिन्छन् । ब्रह्मदेवबाट अजेय हुनुको साथ चार वेद प्राप्त गर्ने दुर्गमासुरको कारण धर्ममा ग्लानि आएको थियो अनि सर्वत्र अधर्म प्रबल भएको थियो । यस्तो अवस्थामा देवताहरुको शक्ति कमजोर भएको थियो । तब दुर्गमासुरलाई केवल स्त्री शक्तिले नष्ट गर्न सक्दथ्यो; किनकि अन्य देवताहरुबाट वध नहुने वरदान दुर्गमासुरलाई प्राप्त थियो ।

तब पार्वतीले आदिशक्तिको स्वरूप प्रगट गर्दै श्री दुर्गादेवीको रूप धारण गरे अनि दुर्गमासुरसँग घनघोर युद्ध गरि उनको वध गरिन् । यस प्रकार अपराजित योद्धा अनि बलवान आसुरी शक्तिले युक्त महिषासुरको वध गर्नको लागि पार्वती, लक्ष्मी अनि सरस्वती यी तीन देविहरुको शक्ति एकत्र भएर महिषासुरमर्दिनी देवीको उत्पत्ति भयो । मायावी शक्तिको सहायताले युद्ध गर्ने महिषासुरलाई पराजित गरि देवीले उनको शिरच्छेद गरिन् । यसरी नै पार्वतीले चामुण्डा रूप धारण गरि चंड-मुंड दैत्यको संहार गरिन् अनि कालीको रूप धारण गरि असंख्य असुरहरुको वध गरि देवताहरुलाई अभयदान दिइन् ।

शताक्षी र शाकम्भरी रूप
दुर्गमासुरले वेदलाई नरकमा लगे तथा बन्धक बनाए, जसले धर्म लुप्त भयो । यज्ञयाग र उपासना खण्डित हुनुको कारण देवताहरुलाई उनहरुको भागको अन्न प्राप्त हुन रोकियो । त्यसैले देवताहरुको शक्ति पनि कमजोर हुन गयो । देवताहरुलाई पृथ्वीमा कृपावर्षा रोकियो, जसले पृथ्वीमा भयानक अनिकाल भयो । नदी, झरना, जल स्रोतहरु सूख्खा भयो । 

पृथ्वीको जीवहरुका दुर्दशा देखेर महिषासुरमर्दिनी माताको आँखामा पानी आयो र यसले शताक्षी देवीको उत्पत्ति भयो । एक सय लोचन अर्थात सय आँखाहरु धारण गर्नुभएको देवीको आँखाबाट बगेको अश्रुधारा पृथ्वीमा आइपुग्यो र नदिहरुको रूप धारण गर्यो । यस प्रकार सर्वत्र जल उपलब्ध भयो । तत्पश्चात देवीको अंशबाट शाकम्भरी देवीको उत्पत्ति भयो, जसको कृपाबाट पृथ्वीमा सर्वत्र सग अर्थात हरीयो तरकारीहरु तथा अन्य तरकारीहरु उत्पन्न भयो । यस प्रकार पृथ्वीको जीवहरुको लागि पानी र साग उपलब्ध भई पृथ्वी अकालको संकटबाट मुक्त भयो । सन्दर्भ : दैनिक सनातन प्रभात



नयाँ