arrow

टेलिकमको तार चोरी गर्ने पाँच पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
wire-electricity.jpg

काठमाडौं ।  नेपाल प्रहरीले टेलिकमको तार चोरी गर्ने पाँचलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटस्थित पोलमा राखिँदै गरेको तार चोरी गर्ने पाँचलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

पक्राउ पर्नेमा बझाङका २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलालीका २५ वर्षीय नमेश बुढा, कैलालीका २४ वर्षीय गोविन्द साउद, काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रविन कार्की र गोरखाका १८ वर्षीय एक किशोर रहेका छन् । 

उक्त स्थानमा टेलिकमको तार चोरी भएको सूचनाका आधारमा धर्मस्थली र बालाजुबाट खटिएको टोलीले प्रदेश नम्बर ३ –०१–०२३ च.४३०१ नम्बरको हात्ति गाडी जङ्गलतर्फ गइरहेको अवस्थामा उनीहरुलाई टेलिकमको तारसहित पक्राउ गरिएको हो । 

प्रहरीले उनीहरुसँग तार काट्न प्रयोग गरिएको विभिन्न औजारहरु र एक हजार ४०० मीटर कालो टेलिफोनको तार बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ