arrow

टीआई रिपोर्टः नेपाल फेरि पनि भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
transparency-international-logo-new.jpeg

काठमाडौं । नेपाल फेरि पनि भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई यो वर्ष पनि भ्रष्टाचार व्याप्त मुलुकमा राखेको हो । ट्रान्सपरेन्सीले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकांकमा नेपाललाई यसअघिकै स्थानमा राखेको छ । नेपाल एक सयमध्ये अंक ३३ प्राप्त गरी ११७ औं स्थानमा रहेको छ । गत वर्ष पनि नेपाल ११७ औं स्थानमा रहेको थियो । 

यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् । दक्षिणी सुडान भने मात्र ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ