arrow

टीआई नेपालले जारी गर्‍यो मन्त्रीहरूका लागि प्रस्तावित आचार संहिता [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
ti-nepal-82-5-3-final.jpg

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले मन्त्रिपरिषदका सदस्यहरूका लागि आचार संहिताको प्रस्तावित मस्यौदा सार्वजनिक गरेको छ । 

आफ्नो ३० औँ स्थापना दिवस काठमाडौँमा मंगलबार एक कार्यक्रमको आयोजना गरी मनाउने क्रममा टीआई नेपालले उक्त प्रस्तावित मस्यौदा सार्वजनिक गरेको हो । 

उक्त मस्यौदामा के गर्न हुने र के गर्न नहुने कुराहरू समेटिएको छ । उक्त ‘मन्त्रीहरुको आचार संहिता २०८२’ लोकतन्त्रलाई सुदृढ पार्दै सार्वजनिक जीवनमा मर्यादा र नैतिकताको स्तर उच्च राख्न तथा भ्रष्टाचार नियन्त्रण गरी राज्यप्रति जनताको आस्था र विश्वास बढाउन तर्जुमा गरिएको टीआईले जनाएको छ । प्रस्तावित मस्यौदाको प्रस्तावनामा भनिएको छ, ‘यो आचार–संहिताको पालन गर्नु सबै मन्त्रीहरूको कर्तव्य हुनेछ ।’

टीआई नेपालका पूर्व अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव भरतबहादुर थापाले उक्त मस्यौदा प्रस्तुत गर्दै २०६० सालदेखि नै मन्त्रीहरूलाई आचार संहितामा बाँध्न खोजे पनि अहिलेसम्म नसकिएको उल्लेख गरे । 

आचार संहितालाई पाँच खण्डमा विभाजन गरिएको छ । 

यस्तो छ  मन्त्रीपरिषद्का सदस्यहरूका लागि तयार गरिएको प्रस्तावित आचार संहिता

कार्यक्रममा उक्त आचार संहितालाई परिमार्जन गरी छोटो र सबैले बुझ्ने खालको सरल बनाउन आग्रह गरिएको थियो । 

साथै मन्त्रीहरूका लागिमात्र नभई तीनै तहका सरकारका जिम्मेवार व्यक्तिहरूका लागि बनाउनु पर्ने पनि सुझाव दिइयो । 

सो अवसरमा टीआई नेपाललाई अहिलेसम्म १३ जनाले नेतृत्व गरेको जानकारी दिइयो । 

भ्रष्टाचार हुन नदिन पहल गर्दै आएको ट्रान्सपरेन्सीले विश्वभरमा १३ संस्थासँग मिलेर काम गर्दै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ