- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुद्धको परिनिर्वाणको मध्यरातमा सुभद्रा नामक परिव्राजक आइन् । उसको मनमा केही शङ्का थियो । आनन्दले उनलाई 'उहाँलाई दुख नदिनुहोस्। उहाँ थाक्नुभएको छ।' भनेर रोके । भगवान्ले आनन्दको कुरा सुन्नुभयो। उहाँले आनन्दलाई भन्नुभयो, 'होइन आनन्द, सुभद्रालाई नरोक । म भएको ठाउँमा आउन दिऊ । उनी परम ज्ञानको चाहनाले गएकी हुन् । दुख दिने उनको इच्छा हैन। मैले भनेको कुरा उनले चाडै बुझ्नेछिन्।' मध्यरातमा, त्यो अवस्थामा , सुभद्रालाई तथागतबाट उपदेश सुन्ने सौभाग्य मिलेको थियो ।
एक निकै दुःखी महिला थिइन् । उनका श्रीमान्, छोरा र परिवार सबैको निधन भएको थियो । दुःखले पागल बनेर हिड्थिइन् । कपडा लगाउने पनि होस उनमा थिएन । उनको नाम पटचरा थियो। एक दिन हिँड्दै गर्दा बुद्ध भएको ठाउँ जैवनामा आइन् । ती नग्न महिलालाई देखेर मानिसहरूले भने, उनी पागल छिन् । यहाँ आउन नदिनुहोस् ।' बुद्धले भन्नुभयो, ' यिनलाई नरोक।' जसै उनी नजिक आइपुग्दा बुद्धले भन्नुभयो, 'बहिनी, स्मृति लाभ गर।'
महिलाको केही होस आयो । मानिसहरूले उसलाई लुगा लगाइदिए, जसलाई उनले ओढिन् । महिला जोरसँग रुन लागिन् अविरल आँसु बग्यो । बुद्धले आफ्नो उपदेशामृत बाट उनको शोक हटाउनुभयो।
वक्कली बुद्धका भिक्षु शिष्य थिए। एक पटक उनी बिरामी परे । उनले आफ्ना एक जना सँगी भिक्षु मार्फत भगवान्लाई हेर्ने इच्छा व्यक्त गरे। भगवान् उनको इच्छा पूरा गर्न उनी कहाँ जानुभयो। भगवान्लाई टाढाबाट आउँदै गरेको देखेर, वक्कलीले उहाँलाई आदर गर्न र उहाँलाई आसन दिन खाटबाट उठ्ने प्रयास गरे। आसन तयार छ भनी प्रभुले उसलाई रोक्नुभयो। वक्कलीले उहाँको आराधना गरेर भने, 'मलाई तपाईँको दर्शन गर्ने ठुलो इच्छा थियो। तपाईँले दयापूर्वक पूरा गर्नुभयो।'
बुद्धले नरम स्वरमा भन्नुभयो, 'वक्काली शान्त होऊ। तिम्रो जस्तै फोहोर शरीर, मेरो पनि छ। वक्कली, यो फोहोर शरीर हेरेर के फाइदा ? जसले धर्म देख्छ, उसले मलाई देख्छ। जसले मलाई देख्छ, उसले धर्मलाई देख्छ।'
भगवान् बुद्ध गृहस्थहरूप्रति धेरै दयालु हुनुहुन्थ्यो। एक पटक सुप्रवासा नामकी एउटी महिलाको सन्तान हुन लागेको थियो र उनी प्रस्रावको पिडामा थिइन् । उनले श्रीमान् मार्फत बुद्धको चरणमा प्रणाम गरिन् । भगवान्ले उनलाई आशीर्वाद दिनुभयो ।
उहाँलाई ब्राह्मणहरूप्रति पनि पूर्ण सहानुभूति थियो, संसारका सबै प्राणीहरूप्रति पनि पूर्ण सहानुभूति थियो। बाबरी नामका ब्राह्मणका एक शिष्यले आफ्ना गुरुको तर्फबाट भगवान्को चरणमा प्रणाम गर्दा भगवान्ले उनलाई आशीर्वाद दिनुभयो र भन्नुभयो, शिष्यहरू सहित बाबरी ब्राह्मण सुखी रहुन्। माणवक, तिमी पनि खुसी हौ , चिरजीवी हौ।' बुद्धकहाँ जाने सानो होस् या ठुलो जो कोहीले उनलाई भन्नुहुन्थ्यो, 'आऊ, तिम्रो स्वागत छ ।
भगवान् आफ्नो अन्तिम यात्रामा पवन र कुसिनाराको बीचमा यात्रा गर्दै हुनुहुन्थ्यो। बाटोमा उहाँको भेट पक्कुस मल्लपुत्र नामक व्यापारीसँग भयो । उनले भगवान्लाई एक भेट दिन चाहन्थे। तर उहाँले आफ्ना शिष्य आनन्दलाई सम्मान गर्न चाहनुहुन्थ्यो। उहाँले भन्नुभयो, 'पुक्कुस, एउटा भाग मलाई लगाऊ, अर्को आनन्दलाई देऊ।' पक्कुसले पनि त्यसै गरे ।
गल्ती गर्नेहरूप्रति बुद्धको करुणा बराबर थियो। एक पटक एक ब्राह्मणले भगवान्लाई वेरंजामा वर्षावासको निम्तो दिए। भगवान् त्यहाँ जानुभयो, तर ती ब्राह्मण धेरै चलाख थिए। उनले कुनै वास्ता गरेनन् । बुद्धलाई धेरै दुःख लाग्यो, उहाँले तीन महिनासम्म पिसेको जौ खानुपर्यो, किनभने त्यस बेला वेरंजामा अनिकाल परेको थियो । त्यो पनि उहाँका चेलाहरूले घोडा व्यापारीहरूबाट पाउँथे । यसपछि पनि वर्षावसको अन्त्यमा भगवान् बुद्धले अन्यत्र जानुअघि वेरंजा गएर ब्राह्मणलाई आशीर्वाद दिन बिर्सनुभएन ।
भगवान् बुद्धको जीवनमा यस्ता अनगिन्ती घटनाहरू छन्। त्यसमा हामीलाई मानवताको दर्शन मिल्छ । उहाँको जीवनमा कोमलताको पराकाष्ठा थियो र उहाँको वाणीमा अपूर्व माधुर्य थियो, जसले सबैलाई आफूतर्फ आकर्षित गर्यो। उहाँको मुखबाट क्रोधले भरिएको शब्द कहिल्यै निस्किएन । उहाँ मानव हुनुहुन्थ्यो, तर मानिसको कमजोरीभन्दा माथि उठ्नुभएको थियो। उहाँको व्यक्तित्वमा मानवताको शुभ ज्योत्स्ना धर्मको स्थित बनेर चम्कियो ।