arrow

डडेल्धुराका स्थानीय तहले गरे ७० करोड खर्च 

logo
राम धामी,
प्रकाशित २०७८ माघ १२ बुधबार
kosh-ddl.jpg

डडेल्धुरा । डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म करिब ७० करोड बजेट खर्च गरेका छन् । 

कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराले सात वटै स्थानीय तहमा सङ्घीय सरकारको एक अर्ब १७ करोड नौ लाख ५४ हजार पाँच सय ८३ रुपैयाँ बजेट निकासा गरेको छ । 

डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकाले १० करोड २१ लाख ७६ हजार सात सय छ रुपैयाँ बजेट खर्च गरेको छ । अमरगढी नगरपालिकाको दोस्रो त्रैमासिक अवधिसम्मको कुल आम्दानी १७ करोड ४४ लाख ६५ हजार आठ सय ५३ रुपैयाँ छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराबाट अमरगढी नगरपालिकालाई २३ करोड ८४ लाख ६९ हजार पाँच सय ७५ रुपैयाँ निकासा गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख कोष तथा लेखा नियन्त्रक चन्द्रदेव जोशीले बताए ।

दोस्रो त्रैमासिक अवधिसम्म परशुराम नगरपालिकाको खर्च २० करोड ३५ लाख नौ हजार नौ सय ३७ रुपैयाँ छ भने आम्दानी २६ करोड २८ लाख ३७ हजार पाँच सय ५१ रुपैयाँ छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराबाट परशुराम नगरपालिकालाई १९ करोड ३६ लाख ८० हजार आठ सय २५ रुपैयाँ निकासा गरिएको छ ।

आलिताल गाउँपालिकाको खर्च १० करोड ४२ लाख ३० हजार नौ सय ५२ रुपैयाँ र आम्दानी १७ करोड ४२ लाख ८८ हजार छ सय ६५ रुपैयाँ छ भने कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराबाट १९ करोड ४५ लाख ४९ हजार दुई सय ९८ रुपैयाँ निकासा गरिएको छ । 

भागेश्वर गाउँपालिकाको खर्च आठ करोड ८४ लाख ४४ हजार आठ सय ८७ रुपैयाँ, आम्दानी १६ करोड ६१ लाख ६५ हजार दुई सय २१ रुपैयाँ र निकासा २० करोड ३२ लाख सात हजार तीन सय ८६ रुपैयाँ छ । नवदुर्गा गाउँपालिकाको खर्च १२ करोड ५९ लाख ५१ हजार छ रुपैयाँ, आमदानी २४ करोड १८ लाख ३४ हजार छ सय दुई रुपैयाँ र निकासा २० करोड ४८ लाख ९५ हजार सात सय ८४ रुपैयाँ छ । 

अजयमेरु गाउँपालिकाको खर्च १३ करोड ७९ लाख ८२ हजार नौ सय ४७ रुपैयाँ, आमदानी १८ करोड १५ लाख ७५ हजार चार सय ८८ रुपैयाँ र निकासा १४ करोड २४ लाख ८४ हजार सात सय ९० रुपैयाँ छ ।

 गन्यापधुरा गाउँपालिकाले खर्च ११ करोड ९९ लाख ९२ हजार चार सय ५० रुपैयाँ, आम्दानी २० करोड ४८ लाख पाँच हजार पाँच सय ९९ रुपैयाँ र १७ करोड ६५ लाख ४६ हजार नौ सय २५ रुपैयाँ निकासा भएको स्थानीय तहको सूत्र प्रणालीबाट बजेट खर्च अनुगमनमा देखिएको प्रमुख कोष नियन्त्रक जोशीले जानकारी दिए । 

अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रत्येक स्थानीय तहले त्रैमासिक रूपमा वित्तीय खर्चको सम्पूर्ण विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पेश गर्नुपर्ने हुन्छ । 
परशुराम नगरपालिका र अजयमेरु गाउँपालिकाले बुधवारसम्म पनि दोस्रो त्रैमासिक अवधिको खर्च विवरण पेश नगरेकाले विवरण पेश गर्न ताकेता गरेको उनले बताए । 

स्थानीय तहले त्रैमासिक अवधिको खर्चको विवरण पेश गरेपछि मात्रै बजेट निकासा गरिने प्रावधान छ । सङ्घीय र प्रदेश सरकारको अनुदान कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ