arrow

नेपाली क्रिकेट खेलाडीहरुको यस्तो छ नयाँ वर्गीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
nepal-cricket.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको हो ।  

क्यानको बिहीबार बसेको बोर्ड बैठकले पुरुष खेलाडीतर्फ कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीलाई ग्रेड ‘ए’ मा राखेको छ । 

त्यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेषाववकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारीलाई राखेको छ । ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहितकुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् । 

यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड ‘ए’ मा रुबिना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् । 

यस्तै ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे रहँदा  ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ