arrow

भारतीय मुलका प्रशिक्षक श्रीनिवास नेपाली क्रिकेटको फिल्डिङ कन्सल्ट्यान्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
raghuram-shriniwas-cricket-consultant.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मुलका प्रशिक्षक रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी–२० विश्वकप छनोटका लागि  फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको जनाएको हो । 

श्रीनिवास अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् । श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।

‘प्रशिक्षक श्रीनिवासले अमेरिकामा मसँगै काम गर्नुभएको हो । उहाँ उर्जावान फिल्डिङ प्रशिक्षक हुनुहुन्छ,’ पुबुदुले भने । 

नेपाली टोली ओमानमा आयोजना हुने प्रतियोगिताको लागि तयारीमा छ । नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो पटक खेल्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ