arrow

बञ्चरोले हानेर बाबु मारेको आरोपमा छोरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
axe-attack.jpg
तस्बिर– सांकेतिक

कञ्चनपुर । लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ