- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं. ५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं. १२ देउरालीमा लु१ख ९८३२ नम्बरको ट्रकले ठक्कर दिंदा ग१८प ९२२५ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।