arrow

सीडीओको सक्रियतामा डम्पिङ् अक्सिजन प्लान्ट सञ्चालन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ माघ १९ बुधबार
oxugen-plant.PNG

स्याङ्जा । सिकिस्त कोभिडका बिरामीलाई आवश्यकता पर्ने अक्सिजन हो । कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावमा बिरामीमा समस्या भएका खबरहरू आउन थालेपछि नेपाल सरकारले हरेक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्णय गर्‍यो । सोही बमोजिम गण्डकी प्रदेश सरकारले ११ जिल्लामा अक्सिजन प्लान्ट शुरु गर्न उपकरण खरिद गरियो । स्याङ्जामा पनि अक्सिजन प्लान्टका लागि उपकरण आएर पनि सञ्चालनमा ल्याउन नसकेर डम्पिङ् रहेको थियो । 

तेस्रो कोरोना कहर आएसँगै आवश्यकता महसुस गरिएको अक्सिजन प्लान्टमा जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजु पौडेलले प्लान्टको ध्यानाकर्षण गरे । विद्युत् अभावमा डम्पिङ अवस्थामा रहेको सीडीओ पौडेलले थाहा पाएपछि अक्सिजन प्लान्टको उपकरणलाई सुचारु गर्न तिन साता देखि प्रयत्न गरे । 

लामो समय डम्पिङ् अवस्थामा रहेको अक्सिजन प्लान्ट जिल्ला अस्पतालमा मङ्गलवार देखी सञ्चालनमा आएको छ । अक्सिजन प्लान्टको सुरुवात भएको जानकारी सीडीओ पौडेलले गराए । मेशिनको स्विच अन गर्दे सीडीओ पौडेलले भने,‘अक्सिजनका लागि जिल्लावासी अव बाहिर जानुपर्दैन ।’ बिजुलीका लागि नयाँ ट्रान्सफर्मर सहित अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ यो जिल्लावासीका लागि खुशीको खबर हो उनले भने । 

जिल्लामा रोकिएका र गर्न नसकिएका विकास निर्माणका काम देखि अन्य नागरिकको आवश्यकतालाई महसुस गरेर छनोट गरिएका योजनामा हाम्रो ध्यानाकर्षण हुने छ सीडीओ पौडेलले भने । हरेक काममा लगाव हुनुपर्छ सीडीओ पौडेलले भने,‘निरन्तरताको खाँचो र सबैको सहयोग हुनु आवश्यकता छ ।’ जुन सबैको साथ र सहयोगले डम्पिङ् अवस्थामा रहेको नागरिकको आवश्यकताको स्वास्थ्य उपकरण सुचारु गर्न सफल भयौ उनले भने । 

अव देखि अस्पतालमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने दावी जिल्ला अस्पतालको छ । यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै पुरा गर्न सकिने अस्पताल प्रमुख रमेश आचार्यले बताए । सङ्घीय सरकारको सहयोगमा भदौदेखि प्लान्ट निर्माण सुरु गरिएको हो । एक करोड ३६ लाखको लागतमा प्लान्ट निर्माण आज सम्पन्न भएको छ । 

अक्सिजन प्लान्ट १५ एनएमक्युब क्षमताको छ । प्रति घण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्छ । दैनिक सरदर ७५ वटा अक्सिजन सिलिण्डर भर्ने क्षमताको रहेको छ । यसले १५ हजार लिटर प्रतिघण्टा अक्सिजन उत्पादन गर्ने र ८ हजार लिटर प्रतिघण्टा अक्सिजन भर्न सक्ने डा. आचार्यले जानकारी दिए । उनका अनुसार भरिएको प्रति सिलिन्डरमा ६ हजार ४ सय लिटर अक्सिजन हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ