arrow

राष्ट्रिय महिला भलिबलका खेलाडीहरु जनही पाँच लाख नगदसहित सम्मानित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
volleyball-players-samman-2022.jpg

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन् । 
  
गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुद मन्त्री गहतराजले नगद पुरस्कारको घोषणा गरेका थिए । उनकै पहलमा पुस  १४ गते बसेको मन्त्रीपरिषदको बैठकले उपाधि विजेता टिमका १२ खेलाडीहरुलाई जनही ५–५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
  
सोही निर्णयलाई कार्यान्वयन गर्दै सरकारले शुक्रबार खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु हुन् । 

त्यसैगरी प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसीलाई समेत सम्मान गरिएको छ । 



नयाँ