- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जलवायु परिवर्तनका कारण सगरमाथाको सबैभन्दा उचाईमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक नयाँ अध्ययनले देखाएको छ । मेन विश्वविद्यालयका खोजकर्ताहरुको नेतृत्वमा भएको अध्ययनले साउथ कोल ग्लेसियर (हिमनदी) ले पछिल्ला २५ वर्षमा १८० फिट (५४ मिटर) भन्दा बढी मोटाई गुमाएको पत्ता लगाएका हुन् ।
समुन्द्री सतहबाट करिब ७,९०६ मिटर उचाइमा रहेको साउथ कोल ग्लेशियरले पहिलो पटक बरफ जम्न लगाएको समयन्दा भन्दा ८० गुणा छिटो बरफ गुमाइरहेको पाइएको हो ।
यसरी द्रूत गतिमा हिमनदी पग्लिनुको कारक बढ्दो तापक्रम र तेज हावा रहेको देखिएको छ । २,००० वर्ष लागेर जमेको हिँउ सन् १९९० को दशकयता पग्लिसकेको अध्ययनले देखाएको छ ।
नेचर जर्नलमा प्रकाशित यो अध्ययनका अध्ययनका प्रमुख अन्वेषकहरू मध्येका एक डा मारिउज पोटोकीले साउथ कोल ग्लेशियर दु्रत गतीमा पग्लिरहेको बताएका छन् ।
अध्ययनका अर्का लेखक, किंग्स कलेज लन्डनका जलवायु वैज्ञानिक डा टम म्याथ्यूजले यो ग्लेशियर तीव्र गतीमा पग्लिनु पछाडि यो क्षेत्रको मौसम परिवर्तन कारण नभएको बताएका छन् ।
१० वैज्ञानिकहरूको टोलीले सगरमाथाको यो ग्लेशियरको भ्रमण गरेका थिए । उनीहरूले यहाँ विश्वको दुईवटा उच्च मौसम निगरानी स्टेशनहरू स्थापना गरेका थिए र १० मीटर लामो बरफको भित्रिसतहबाट नमुना निकालेका थिए ।
यो अध्ययनले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेको ठूलो संकटलाई झनै प्रष्ट पारेको छ । यसका साथै यसले पर्वतारोहीहरूलाई आरोणमा कठिनाइ पार्नुका साथै पिउने पानी एवं सिँचाइका लागि ग्लेशियरमा निर्भर हुनेहरूलाई खतरामा पारेको छ।