- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । पत्रकार पेशालाई बदनाम गर्दै आफूलाई पत्रकार बताउँदै प्रहरीसँग रकम असुल्न खोजेको आरोपमा प्रहरीले नेपालगञ्ज सीमानाका जमुनाहबाट एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको जमुनाह नाकाबाट प्रहरीलाई धम्क्याउँदै रकम असुल्न खोज्ने मनोज तमौलीलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
रकम असुल्न ड्युटीमा खटिएका प्रहरीको भिडिओ बनाएर तर्साउँदै १० हजार रुपैयाँ माग्ने तमौलीलाई शनिबार दिउँसो प्रहरीले जमुनाहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
भन्सार सुरक्षा गार्डमा खटिएका प्रहरी हवल्दारको भिडिओ आफूसँग रहेको हुँदा १० हजार रुपैयाँ दिनुपर्ने नत्र भिडिओ सार्वजनिक गरिदिने धम्की दिएपछि तमौलीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तमौलीले यसअघि पनि जमुनाह तथा नेपालगञ्ज भन्सार कार्यालय आसपास गएर प्रहरीलाई अनाहकमा दुःख दिने गरेको प्रहरी बताएको छ ।
तमौलीले बाँकेको नरैनापुर गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतलाई समेत केही समयअघि अभद्र व्यबहार गरेका थिए ।
पक्राउ परेका तमौलीसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।