arrow

बुढा हत्या आरोपी मल्ल ११ वर्षपछि गोरखाबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
ShauBhaggay Malla.jpg

गोरखा । हिमाल बुढाको हत्या आरोपमा गोरखा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १० का ३३ वर्षीय शौभाग्य मल्ल रहेका छन् ।

मल्लले ११ वर्ष अघि सोही ठाउँका २१ वर्षीय हिमाल बुढाको हत्या गरेको आरोप छ । मल्ललाई शुक्रबार गोरखा नगरपालिका ६ पाटेचौरबाट पक्राउ गरिएको गोरखा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए ।

बुढाको हत्या गरी फरार रहेका उनलाई गोरखास्थित मामा घरमा आएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार बाँके जिल्लाको नेपालगञ्जबाट २०६७ माघ ३ मा बुढालाई मल्लसहितको टोलीले अपहरण गरी फिरौती माग गरेको थियो ।

तर रकम प्राप्त नभएपछि उनको हत्या गरिएको प्रहरीले जनाएको छ । २०६७ माघ १४ बाँके जिल्लाको नौबस्ता-४ स्थित एक स्थानीयको घरमा बुढाको शव फेला परेको थियो ।

उनलाई बाँके जिल्ला अदालत र पुनरावेदन अदालतबाट अपहरण गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २९ बर्ष कैद सजाय तोकिएकोमा पछि सर्वोच्च अदालतबाट निजलाई २० बर्ष कैद कायम भएको प्रहरीले जनाएको छ ।

मल्ल लामो समयदेखि भारतमा लुकिछुपी बस्दै आइरहेका थिए । नेपालमा पनि आफ्नो परिचय परिवर्तन गरी जगदिश सिंहको परिचय बनाई लुकिछुपी बस्दै आएको खुल्न आएको डिएसपी दाहालले बताए । मल्ललाई आवश्यक न्यायिक प्रक्रियाका लागि बाँकेबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ