arrow

मापसे गरी खुकुरीले हानेर दुईको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
khukuri.jpg
तस्बिर– सांकेतिक

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका – ७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनले  घटनाको थप अनुसन्धान भइरहेको बताए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ