arrow

एनओसी र एनआरएनएबीच साझेदारी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
433573078.jpeg
काठमाडौं । नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार सम्झौता भएको छ । नेपाल ओलाम्पीक कमिटिको भवन सातदोबाटोमा भएको कार्यक्रममा खेल क्षेत्रको  विकास गर्न नेपाल ओलाम्पीक कमिटी  र गैर आवासिय नेपाली संघ बीच सम्झौता भएको हो । सम्झौतामा  एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
 
सम्झौता अनुसार अब देखी नेपालमा चलिरहेको  ओलाम्पीक अभियानको साझेदारका रुपमा गैर आवासीय नेपाली संघ रहने छ ।  सो अवसरमा एनआएरएनए स्थापना दिवस अक्टोबर ११ तारिखका दिन ओलाम्पीक कमिटीले विभीन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने जानकारी दिइयो । 
 
यसैगरी गैर आवासिय नेपाली संघले क्षमतावान  निश्चित खेलाडीहरुको बैदेशिक प्रशिक्षण र खेलकुद प्रतिस्पर्धामा आवश्यक सामाग्री उपलब्ध गराउने, दक्षिण एसियाली, एसियाली र ओलाम्पीक खेलकुदमा सहभागी खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, नेपाली खेलकुद क्षेत्रको भौतिक पुर्वाधार निर्माणका लागि दाता तथा बहुराष्ट्रिय कम्पनीहरुको खोजी गर्ने सहमति भएको छ ।
 
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि बोल्दै गैरआवासिय नेपाली संघका अध्यक्ष घलेले एनओसीसँगको सम्झौताले नेपाली र दोश्रो पुस्ताका गैर आवासीय नेपालीबिचको सम्बन्ध सुमधुर बनाउने अपेक्षा राखेको बताए । उनले नेपाली खेलाडीहरुले क्षमता नभएर भन्दा पनि उपयुक्त प्रशिक्षण र अवसर नपाएर उपलब्धी हासिल गर्न नसकेको बताए । संसारभर  छरिएर रहेका दोश्रो पुस्ताका एनआएरएनहरु खेलकुद मार्फत् नेपालीसंग जोडिन उत्सुक रहेको भन्दै अध्यक्ष घलेले एनओसीले यसमा बिशेष ध्यान दिने विश्वास व्यक्त गरे । नेपालको खेल क्षेत्रलाई सशक्त र प्रभावकारी बनाउन आफ्नो तर्फबाट आर्थिक, भौतिक पुर्वाधार विकास आदीमा योगदान दिने उद्देश्यका साथ सम्झौता गरिएको अध्यक्ष घलेको भनाई थियो ।
 
कार्यक्रममा नेपाल ओलाम्पीक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एनआएरएनएको सहयोगले नेपाली खेलाडीहरुलाई ढाडस दिने  भन्दै लक्ष्य प्राप्तीमा सहयोग मिल्ने बताउनुभयो । खेल क्षेत्र मार्फत राष्ट्रको शिर उचो बनाउने आफुहरुको अभियानमा गैर आवासिय नेपाली संघले साथ दिएकोले आगामी दिनमा अन्तराष्ट्रिय जगतमा राम्रो परिणाम ल्याउने बताए । 
 
अध्यक्ष श्रेष्ठले एनआरएनएसंगको सहकार्यले संसारभर रहेका नेपालीहरुबीच सौहार्दता बढाउनुका साथै सांस्कृतिक आदान प्रदानमा  समेत योगदान पुग्ने धारणा राखे । नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने एक मात्र क्षेत्र खेलकुद रहेको उनको भनाइ थियो । कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेलाई नेपाल ओलाम्पीक कमिटीको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ