- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ८ र ९ मा पात्लेखोला सुर्सिङ खानेपानी योजना अन्तर्गत भएको निर्माण कार्यमा अनियमितता भएको भन्दै पीडित उपभोक्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् । उनीहरुले योजना निर्माण कार्यमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै छानबिनका लागि अख्तियार गुहारेका हुन् ।
पीडितहरुले अर्घाखाँचीमा अख्तियारको कार्यालय नभएकाले रुपन्देही पुगेर अख्तियार कार्यालयमा पुगेर छानबिनको मागसहित निवेदन दिएका हुन् । बुटबल पुगेर निवेदन दिएर फर्केका एक पीडितले भने, ‘जानी जानी अनियमितता गरेको पाइयो । हामीले गुनासो पनि गर्यौं तर सुनुवाइ नभएपछि अख्तियार गुहार्नुको विकल्प रहेन ।’
बुझाएको पत्रमा पानीको मुलबाट मुख्य पानी ट्यांकीसम्म आउने पाइनलाइन प्राविधिकको सल्ला बिना मनोमानी ढङ्गले आफू खुशी छोटो दूरी गराइ योजनाको पाइपमा कम लगानी गरी बचेको बजेट हिनामिना पार्ने कार्य भएको उल्लेख छ ।
त्यस्तै मुख्य ट्यांकीमा पानी खसाल्नु पर्नेमा त्यसो नगरी दोस्रो शाखा ट्यांकीमा झारिएकाले करिब एक सय २५ घरधुरीमध्ये करिब ५० घरधुरी पिउने पानीबाट बञ्चित भएको पनि उल्लेख छ ।
यस्तो छ निवेदन–