arrow

आगलागी भएको घरमा मान्छे फसे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
272677249_985308175411161_8951648954537646623_n.jpg.jpg

दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलमा आगलागी भएको छ । बिहीबार राति करिब पौने २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चार तले घरमा आगलागी भएको हो ।

तुलसीपुर उपमहागनरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । अहिले केही नियन्त्रणमा आएको भए पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । आगलागी भएको घरभित्र केही मान्छे फसेका छन् । उनीहरुसँग सम्पर्क पनि हुन सकेको छैन । धुवाँ र तातोका कारण बाहिरबाट भित्र जान नसक्दा उनीहरुको उद्धार गर्न सकिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ