arrow

तुलसीपुरमा आगलागी हुँदा पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
272677249_985308175411161_8951648954537646623_n.jpg.jpg

दाङ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर  ५ ‘ङ’ लाइनमा रहेको  ‘इरम फुटवेयर’ जुत्ता चप्पलको गोदाममा आगोलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले बिहान साढे ६ बजेसम्म पाँच जनाको शव निकालिएको जानकारी दिएको छ । 

मृतकमध्ये चार पुरुष र एक बालिका गरी पाँच जना रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये कसैको पनि पहिचान खुल्न सकेको छैन । बिहान २ बजेदेखि गोदामको पहिलो तलाबाट  शुरु भएको   आगो दन्किएर चौथो तलासम्म पुग्दा आगलागी नियन्त्रणमा लिन समय लागेको प्रहरीले जानकारी दिएको छ । 

यद्यपि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ६ बजे आगो नियन्त्रणमा लिएका हुन् ।

स्थानीयका अनुसार उक्त गोदाम मुस्लिम समुदायका व्यक्तिहरुले सञ्चालनमा ल्याएको बताइएको छ । 

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ ।

विस्तृत विवरण आउन अझै बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ