arrow

नेपाल र ओमान भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
nepali-cricket-2022-global.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ । 

नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ । नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । 

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । 

समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ