arrow

शताब्दी पुरुषलाई राष्ट्रपति र ओलीको सन्देश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
satyamohan-joshis.PNG

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।पूर्व मन्त्री एवं एमाले नेता एवं काठमाडौं क्षेत्र नम्बर-९ का सांसद कृष्णगोपाल श्रेष्ठ मार्फत जोशीको स्वास्थ्य लाभको कामना सहित सन्देश पठाएका हुन् । जोशीलाई भेट्न मन्त्रीसन्त्री श्रेष्ठ बिहान किष्ट अस्पताल पुगेका थिए । जोशीसँग भेटको क्रममा उनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

उनले भने-राष्ट्रपति ज्यु र पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्षले संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र मेरो तर्फबाट समेत उहाँको अवस्थाबारे यथार्थ जानकारी लिन अस्पताल आएको हुँ । फोक्सोमा पानी जमेको कारण केही समस्या देखिएको र अस्पतालको वरिष्ठ चिकित्सकको टीमले फोक्सोबाट पानी निकालिसकेको कारण अब स्वास्थ्य मा समस्या नदेखिएको उनको भनाई थियो ।

'उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उहाँ अबको केही दिनमा निवासमै फर्कने बताउनुभएको छ'-संस्कृतिविद् जोशीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै मन्त्रीसन्त्री श्रेष्ठले भने । 

उनको अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । उनको उपचारमा कुनै समस्या नभएको बताउँदै मन्त्रीसन्त्री श्रेष्ठले भने-'उहाँको अनुहार हँसिलो छ । भेट्न आउने सबैलाई केही दिनमा निवास फर्कने बताउने गर्नुभएको छ'-जोशीको अवस्थाबारे जानकारी गराउँदै मन्त्रीसन्त्री श्रेष्ठले भने ।

देशको जिउँदो इतिहास बोकेको संस्कृतिविद् जोशीको उपचारमा कुनै समस्या छैन । एक शताब्दी नाघिसकेका जोशीलाई स्वास्थ्यमा समस्या देखिनुका साथै निमोनिया देखिएपछि मङ्गलवारदेखि किस्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका थिए । मङ्गलवार छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ