arrow

सीके राउतका कार्यकर्ता रिहाइको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
raut-karyakarta.PNG

काठमाडौं ।  डा. सीके राउत नेतृत्वको जनमत पार्टीका पदाधिकारीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् ।  कार्यकर्ता रिहाइको माग गर्दै गृहमन्त्री खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका हुन् । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीसँग चौधरीले शान्ति पूर्ण रूपमा आन्दोलनमा आफ्ना पार्टीका नेता कार्यकर्ता गिरफ्तार भएको जनाउँदै उनीहरूले रिहाइका लागि माग गरे । 

शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाका लागि जनमत पार्टीका नेताले माग गरेको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए। 

सो अवसरमा गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै घटनाको यथार्थ बुझ्ने विश्वास दिलाए ।

विभिन्न स्थानमा किसान आन्दोलन का नाममा राउतका कार्यकर्ताहरूले  प्रहरीसँग झडप गर्दै आएका छन् । भने भौतिक साधनमा तोडफोड गरेर क्षति पुर्‍याउँदै आएका छन्।  



नयाँ