arrow

चारदेशीय टी–२० क्रिकेटमा नेपालको विजयी शुरुआत, ओमानमाथि ६ विकेटको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
FLUfZ_UaUAAV_jq.jpg

काठमाडौं । नेपालले चारदेशीय टी–२० क्रिकेट शृंखलामा नेपालले विजयी शुरुआत गरेको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको छ । नेपालले १ सय ३६ रनको लक्ष्य १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।  

दीपेन्द्रसिंह ऐरीले ५३ बलमा अविजित रहँदै १ छक्का र ८ चौकाको मद्धतले ७३ रन बनाए । टी–२० मा दिपेन्द्रको यो सर्वाधिक रन हो । यसअघि उनले ६० रन बनाएका थिए । 

आरिफ शेखले २० बलमा २५, आसिफ शेखले १४ तथा ज्ञानेन्द्र मल्लले १ रन बनाउ । प्रदीप ऐरीले ४ रनमा आउट हुँदा शरद भेषावकर ४ रनमा अविजित रहे । 

ओमानका कलिमुल्लाहले २ विकेट लिँदा खवार अलीले १ विकेट हात पारे । 

ओमानको राजधानी मस्कटमा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले ६ विकेटको क्षतिमा १ सय ३५रन बनायो । 

ओमानका लागि मोहम्मद नदिमले अविजित रहँदौ ४३ तथा जिसन मक्सुदले ३१ रन जोडेको इनिङ्समा नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । 

कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे ।  

नेपालले शनिबार यूएईसँग खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ