arrow

हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
hatya-murder.jpg

पर्वत । पर्वतमा श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ डम्डारेखोलाका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेको प्रहरीले जनाएको छ ।

राजुले धारिलो हतियार प्रयोग गरि श्रीमती सीताको हत्या गरेको पर्वत प्रहरीले जनाएको छ । बागलुङ नगरपालिका वडा नं. ६ घर भएका उनीहरु पर्वतको कुश्मामा बस्दै आएका थिए । 

शुक्रबार बिहान १० बजे परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार मृतक महिलाको शरीरमा नील डामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । 

प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा (हँसिया) पनि नियन्त्रणमा लिएको छ ।

यसअघि पनि पटक-पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलाप पश्चात फर्किने गरेका थिए । 

शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए ।

मृतकका एक छोरा र एक छोरी छन् । तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन् । शुक्रबार साँझ मात्रै आफन्तले किटानी उजुरी दिएको र उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ