arrow

चारदेशीय क्रिकेटमा नेपाल चौथो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
nepal-cricket-t-20-2022.jpg

काठमाडौं । ओमानमा भएको चारदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपाल चौथो भएको छ । एक जित र दुई हारसहित नेपाल चौथो भएको हो । अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको हो । 

यो खेलमा नेपालले १३.३ ओभरमा जित हासिल गरेको भए उपाधि नै जित्ने थियो । तर दुर्भाग्य नेपालले २० ओभरमा पनि खेल जित्न सकेन । 

यसअघि नेपालले ओमानलाई हराउँदा यूएईसँग हार बेहोरेको थियो । नेपालले ओमानलाई ६ विकेटले हराउँदा यूएईसँग २५ रनले पराजित भएको थियो । 

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा अलआउट हुँदै एक सय २७ रन बनायो । आयरल्यान्डका जर्ज डोकरेलले २८, कर्टिस क्याम्फरले २० तथा कप्तान एन्डी विलवार्नीले १९ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार बलिङसहित ४ विकेट लिए । उनले ४ओभर बलिङ गर्दै २१ रनमात्र खर्चिएका थिए । अविनाश बोहराले दुई विकेट लिए । 

त्यस्तै कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए । योसँगै सन्दीपले टी–२० मा ५० विकेट पनि पूरा गरेका छन् । 

जवाफमा नेपालले ९ विकेटको क्षतिमा एक सय ११ रनमात्र बनायो । 

पाका खेलाडीहरु निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर जम्न नसकेपछि नेपालले हार बेहोर्यो । ज्ञानेन्द्रले १२ बलमा ५ तथा शरदले ३ बलमा १ रन बनाए । 

दिपेन्द्र सिंह ऐरीले ३० बलमा २८, आरिफ शेखले २२ बलमा २३, कुशल भुर्तेलले ११ बलमा १५ तथा कमल ऐरीले १० बलमा ११ रन बनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ