arrow

यो हो टी–२० विश्वकप छनोट क्रिकेट खेल्ने नेपाली टिम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
nepal-cricket-t-20-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । 

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले छनोट गरेको टिममा सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।

टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन् । कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् । 

टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित फिलिपिन्स र क्यानाडा रहेका छन् ।

समूह बी मा बहराइन, जर्मनी, आयरल्यान्ड र युएई रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । गरी आठ टिम छन् । 

 नेपालले शुक्रबार फागुन ६ गते ओमानसँग, ७ गते फिलिपिन्ससँग र ९ गते क्यानाडासँग खेल्ने छ । 

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । 

फाइनल भने फागुन १० गते (फेब्रुअरी २४ तारिखमा) ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । 

फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्वकपको लागि छनोट हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ