टी–२० विश्वकप छनोटमा नेपालको शानदार शुरुआत, ओमानमाथि ३९ रनको जित
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
638
Shares
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले शानदार शुरुआत गरेको छ । नेपालले ग्लोबल छनोट ए मा ओमानविरुद्ध आकर्षक जित निकालेको हो । नेपाल ३९ रनले विजयी भयो ।
अल अमेरात क्रिकेट मैदानमा शुुक्रबार भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ११७ रन बनायो । आरिफ शेखले ३७ बलमा ३८ रन बनाएको इनिङ्समा कप्तान सन्दीप लामिछानेले ७ बलमा अविजित रहँदै १६ रन बनाए ।
जवाफमा ओमान १७ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटियो । नशीम खुशीले सर्वाधिक २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कमल ऐरीले ३ तथा सन्दीप र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए ।
त्यस्तै जितेन्द्र मुखिया र अविनाश बोहराले १–१ विकेट लिए ।
नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग खेल्नेछ । पहिलो खेलमा शुक्रबार फिलिपिन्स क्यानाडासँग फराकिलो अन्तरले पराजित भएको छ ।