arrow

टी–२० विश्वकप छनोटमा नेपाल र फिलिपिन्स मैदानमा, नेपाल ब्याटिङ गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
nepal-cricket-t20-worldcup-qualifying.jpg

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको समूह बीमा रहेको नेपालले फिलिपिन्सविरुद्ध अल अमेरातमा खेल्न लागेको हो । 

खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दैछ । यो खेलबाट गुल्सन झाले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् । 

अपडेटः
-पहिले ब्याटिङ गरेको नेपालले ९ रन जोड्दा आसिफ शेखलाई गुमायो । आसिफ डकआउट भए । 

-३६ रन जोड्दा नेपालले दोस्रो विकेट गुमायो । कुशल मल्ल १० बलमा १२ रन बनाएर आउट भए । 

-कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । 

-अलराउन्डर शरद भेषावकर भने बाँकी खेल खेल्न नपाउने भएका छन् । खुट्टाको चोटका कारण घाइते भएपछि शरदले विश्वकप छनोट गुमाउने भएका हुन् । उनको स्थानमा कुशल मल्ल आएका छन् । मल्लले फिलिपिन्स विरुद्धको खेलमा १२ रन बनाए । 

यसअघि शुक्रबारदेखि शुरु भएको छनोटमा नेपालले शानदार शुरुआत गरेको थियो । नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गर्यो । नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा एक सय १७ रन बनायो । जसमा कप्तान सन्दीप लामिछानेले ७ बलमा अविजित रहँदै १६ रन आकर्षक थियो । 

जवाफमा ओमान १७ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटियो । कमल ऐरीले ३ तथा सन्दीप र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । 

यता फिलिपिन्स भने पहिलो खेलमा शुक्रबार क्यानाडासँग एक सय १८ रनले पराजित भएको थियो । 

यो खेल जित्दा नेपालको सेमिफाइनलको यात्रा सहज हुनेछ । फिलिपिन्स पराजित हुँदा सेमिफाइनलको होड लगभग सकिने छ । 

यो समूहमा नेपाल, फिलिपिन्स, ओमान र क्यानाडा रहेका छन् । पहिलो चरण सकिँदा क्यानाडा २ अंकसहित रनरेटमा नेपाललाई पछि पार्दै शीर्ष स्थानमा रहेको छ । 

अंकविहीन ओमान तेस्रो तथा फिलिपिन्स पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ