arrow

शतकसहित राखे कुशलले कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
kushal-bhurtel-t-20-century-phillippines-.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेलले टी–२० क्रिकेटमा पहिलो शतक बनाएका छन् । ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सविरुद्ध भएको खेलमा कुशलले कौशलपूर्वक शतक पूरा गरेका हुन् ।

उनले मात्र ६१ बलको सामना गर्दै अविजित रहँदै एक सय चार रन बनाए । सो क्रममा उनले एक छक्का र १३ चौका प्रहार गरे । उनी टी–२० मा शतक बनाउने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि पूर्व कप्तानद्धय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए । 

पारसले ५२ बलमा एक सय छ तथा ज्ञानेन्द्रले ५५ बलमा एक सय सात रन बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ