- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । पत्रकार मनिषा चम्लागाईं ‘धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार–२०७८’ बाट सम्मानित भएकी छिन् । शनिबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा मनिषालाई ‘जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोष’ ले यो पुरस्कार प्रदान गरेको हो ।
चम्लागाईंलाई प्रमुख अतिथि पूर्वमुख्य सचिव एवं साहित्यकार भोजराज घिमिरे, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईं सहितका अतिथिहरुले प्रमाण–पत्र, दोसल्ला र नगद २१ हजार १११ रुपैयाँ प्रदान गरे ।
कारोबार दैनिक झापा संवाददाता र बजार दैनिकको सम्पादकको रुपमा उनी कार्यरत छिन् । सोही अवसरमा ‘जयन्द्रप्रसाद प्रसाईं उत्कृष्ट कृति पुरस्कार’बाट साहित्यकार राजेन्द्र संग्रौला र ‘चन्द्र पद्यमा दीर्घ साहित्य सेवा पुरस्कार’बाट साहित्यकार प्रेमप्रकाश फलाहरी सम्मानित भए । दुवै पुरस्कारको राशि पनि २१ हजार १११ छ ।
कार्यक्रममा पूर्वमुख्य सचिव घिमिरेले पुस्तकालयका लागि विभिन्न विधाका ५ सय पुस्तक दिने घोषणा गरेका छन् ।