arrow

सेमिफाइनल नजिक पुगेको नेपाल क्यानाडाविरुद्ध बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
nepal-cricket-t-20-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट  क्रिकेट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा अहिले क्यानाडासँग खेलिरहेको छ । नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको छ । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानाडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो । यो खेलमा एक खेलाडी परिवर्तन भएका छन् । गुल्सन झाको स्थानमा कमल सिंह ऐरी आएका छन् । 

यो खेल जित्दा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा भने फिलिपिन्स र ओमानबीचको नतिजामा भर पर्नेछ । 

यसअघिका दुवै खेलमा जित हासिल गर्दै नेपाल सेमिफाइनल नजिक रहेको छ । ग्लोबल छनोटको समूह बीमा रहेको नेपाल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । 

क्यानाडा र ओमानको समान २–२ अंक छ भने फिलिपिन्स अंकविहीन छ । नेपालको रनरेट पनि राम्रो रहेकाले पनि सेमिफाइनल नजिक छ । 

यसअघि नेपालले ओमानलाई ३९ रनले तथा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ