arrow

नेपाल बलिङमा अताल्लियो, उच्च योगफलको चुनौती सामना गर्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
cricket-nepal-t-20-world-cup-qualifying-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेलिरहेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको छ । 

तर नेपालले लयमा बलिङ गर्न सकेन । जसका कारण यूएई उच्च योगफलतर्फ अगाडि बढेको छ । यूएईले ६ रन जोड्दा जितेन्द्र मुखियाले विकेट लिएर टिमको मनोबल बढाएको भए पनि त्यसपछि बलिङको लय सुध्रेन । 

७२ रन जोड्दा यूएईले दोस्रो विकेट गुमायो । सन्दीप लामिछानेले विकेट लिए । तर त्यतिन्जेलसम्म आक्रामक खेलेका विकेटकिपर ब्याट्सम्यान वृत्य अराविन्दले २३ बलमा ४६ रन जोडिसकेका थिए । 

तर नेपालले ओपनर मुहम्मद वासिमलाई रोक्न सकेन । जसका कारण यूएईले ११ औं ओभरमै २ विकेटको क्षतिमा सय रन पूरा गर्यो । 

यो खेल जिते नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेटमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपालले यूएईलाई जित्ने आधार भने बलियो छ । नेपाल समूह बीको विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । नेपालले आयोजक ओमान, सिंगापुर र क्यानाडालाई पराजित गर्न सफल भएको हो । 

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई  एक सय ३६ रनले र तेस्रो खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा उत्रिएको युवा खेलाडीहरुको बाहुल्य रहेको टिमको मनोबल उच्च छ । जोश पनि उत्तिकै छ । 

यूएई समूह एको उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह एबाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

नेपाल र यूएईबीच भएको पछिल्लो चार टी–२० भेटमा दुवै टोलीले समान दुई खेलमा जित निकालेका छन् । पछिल्लो ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । अर्को सेमिफाइनलमा आयरल्यान्ड र आयोजक ओमान खेल्नेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ