- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेलिरहेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा जारी खेल जितका लागि नेपालले १७६ रनको चुनौती पाएको छ ।
यो रनको चुनौती पूरा गरे नेपालले अष्ट्रेलियामा हुने विश्वकपको टिकट काट्ने छ । जारी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम विश्वकपका छानिने छन् ।
अपडेट
नेपालले कमजोर ब्याटिङ शुरुआत गरेको छ । नेपालले ३ रन बनाउँदा आशिफ शेखलाई शून्य रनमा गुमायो ।
लोकेश बम डकआउट भए । ३ रन बनाउँदा नै नेपालले २ विकेट गुमायो ।
दुवै खेलाडीले रनको खाता खोल्न सकेनन् ।
ओपनर कुशल भुर्तेल ७ रन बनाएर आउट भएका छन् ।
नेपालले १४ रन जोड्दा ३ विकेट गुमायो ।
दिपेन्द्र सिंह ऐरी अविजित छन् ।
आरिफ शेखले आशा जगाएका छन् । उनले पहिलो बलमै चौकाबाट ब्याटिङ शुभारम्भ गरेका छन् ।
यूएईले ७ ओभरमा १ विकेटको क्षतिमा ७१ रन बनाएकामा नेपालले ३ विकेटको क्षतिमा ५० रनमात्र बनाएको छ ।
आरिफ शेख ११ रन बनाएर आउट भएका छन् । नेपालले ७ ओभर १ बलमा ५० रन बनाउँदा ४ विकेट गुमाएको छ ।
खेलमा नेपालले कसिलो बलिङ गर्न सकेन । जसका कारण यूएईले सम्मानित स्कोर खडा गर्यो । अन्त्यतिर आएर भने नेपालले केही कसिलो बलिङ गर्यो ।
यूएईले ६ रन जोड्दा जितेन्द्र मुखियाले विकेट लिएर टिमको मनोबल बढाएको भए पनि त्यसपछि बलिङको लय सुध्रेन । ७२ रन जोड्दा यूएईले दोस्रो विकेट गुमायो । सन्दीप लामिछानेले विकेट लिए । तर त्यतिन्जेलसम्म आक्रामक खेलेका विकेटकिपर ब्याट्सम्यान वृत्य अराविन्दले २३ बलमा ४६ रन जोडिसकेका थिए ।
तर नेपालले ओपनर मुहम्मद वासिमलाई रोक्न सकेन । जसका कारण यूएईले ११ औं ओभरमै २ विकेटको क्षतिमा सय रन पूरा गर्यो । वासिमले ७० रन जोडे ।
यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनायो । जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
यो खेल जिते नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेटमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।
नेपालले यूएईलाई जित्ने आधार भने बलियो छ । नेपाल समूह बीको विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । नेपालले आयोजक ओमान, सिंगापुर र क्यानाडालाई पराजित गर्न सफल भएको हो ।
नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले र तेस्रो खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको थियो ।
सन्दीप लामिछानेको कप्तानीमा उत्रिएको युवा खेलाडीहरुको बाहुल्य रहेको टिमको मनोबल उच्च छ । जोश पनि उत्तिकै छ ।
यूएई समूह एको उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह एबाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।
नेपाल र यूएईबीच भएको पछिल्लो चार टी–२० भेटमा दुवै टोलीले समान दुई खेलमा जित निकालेका छन् । पछिल्लो ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।
फाइनल प्रवेश गर्ने टोली आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । अर्को सेमिफाइनलमा आयरल्यान्ड र आयोजक ओमान खेल्नेछन् ।